Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रुकुम पूर्वबाट ५ जना
रूकुम पूर्वबाट परेका केन्द्रीय सदस्यहरू ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीका सदस्यहरुको प्रस्तावित नाम महाधिवेशन बन्द सत्रमा घोषणा गर्नुभएकाे छ । प्रज्ञा भवनमा आइतबारको अन्तिम बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्नुभएकाे हाे । निर्वाचित हुने २९९ मध्ये दाहालले २३६ जनाको नाम वाचन गरेको भनिए पनि धेरै पद रिक्त छन् । दाहालले घोषणा गरेको नाम बन्द सत्रबाट अनुमोदन गरिएको छ । जसमा रूकुम पूर्वबाट ५ जना परेका छन् । गणेशमान पुन, कमला राेका, दलजित शिर्पाली, तेजबहादुर ओली र सुवाेधराज शिर्पाली केन्द्रीय सदस्यमा पर्नुभएकाे हुनुभएकाे हाे । 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update