Kakhara सबैको खबर सम्पूर्ण खबर
यि नेता परे रुकुम पश्चिमबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा

रुकुम पश्चिमबाट महासचिवका दाबेदार जनार्दन शर्मा प्रभाकर सहित ५ जना नेता माओवादी केन्द्रको केन्द्रीय सदस्यमा परेका छन् । जसमा २ जना महिला छन् । ८ औं महाधिवेशनको बन्दसत्रमा आईतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यको सुचिमा महासचिवका प्रमुख दाबेदार शर्मा सहित ५ जना समेटिएका छन् । 

जसमा शर्मा सहित राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन रहनुभएको छ । लुम्बिनी र लक्ष्मी पहिलो पटक केन्द्रीय समितिमा पुर्नभएको हो । उहाँहरु यसअघि प्रदेश समिति सदस्य हुनुहुन्थ्यो । राजकुमार र बसन्त यसअघि पनि केन्द्रीय सदस्य भइसक्नुभएको छ । प्रचण्डले बन्दसत्रमा पेश गरेको केन्द्रीय समितिबाट अब नेतृत्व चयन गरिने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको महाधिवेशन एकसाता देखि काठमाडौंमा चलिरहेको छ ।  

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ००:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update