Kakhara सबैको खबर सम्पूर्ण खबर
हिउँमा फसेका १४ मजदुरको हेलिकोप्टर मार्फत उद्धार 
तस्बिर सौजन्य: नविन दाहाल ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा हिउँमा फसेका १४ मजदुरको आज उद्धार गरिएको छ । गत मंगलबार र बुधबार भएको भारी हिमपातका कारण वडा कै घुसदुङमा १४ जना मजदुर फसेका थिए । उनिहरु वडा नम्बर २ को पेल्माबाट घोडेटो बाटो निर्माणका लागि घुसदुङ पुगेका थिए । तर भारी मात्रामा हिमपात भएपछि उनिहरु आफुहरु बसेकै ठाउँमा रोकिएका थिए । उनिहरु आईतबार मात्र सम्पर्कमा आएका थिए ।

उनिहरुलाई आज नेपाली सेनोको हेलिकोप्टर मार्फत गाउँ पुर्याईएको छ । मजदुरहरु अलपत्र परेको सूचना पाएपछि उद्धारका लागि हेलिकोप्टर पठाईदिन गृहमन्त्रालयमा आग्रह गरिएको र सोही आग्रह अनुसार मन्त्रालयले हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । उनिहरु सबैलाई आज उद्धार गरिएको हो । ४ खेपमा गरेर १४ जनालाई उद्धार गरेर उनिहरुको गाउँ पेल्मा पुर्याइएको प्रमुख जिल्ला अधिकारी बास्कोटाले बताउनुभयो ।

उनिहरुलाई सरकारकै खर्चमा उद्धार गरिएको हो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । उनिहरु एक सातासम्म अढारमा बसेका थिए । जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन हिउँमा फस्नुभएको थियो । वडाबाट विनियोजन भएको बजेटबाट उनिहरु घोडेटो बाटो खन्न गएका थिए ।  
 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update