Kakhara सबैको खबर सम्पूर्ण खबर
कालिकास्थान देखि हाईस्कुल हुँदै जिसस जाने बाटोमा ढलान हुँदै
बाटाे स्तराेन्नतिकाे काम हुँदै ।

रुकुम पश्चिमको सदरमकाम मुसीकोट नगरपालिका १ खलंगाको कालिकास्थानबाट त्रिभुवन जनता मावि हुँदै जिल्ला समन्वय समिति जाने बाटो स्तरोन्नतिको काम जारी छ । केही ठाउँमा आसिसि ढलान हुन लागेको हो भने केही ठाउँमा पिसिसि ढलान गरिने छ । करिब १ सय ३० मिटर बाटोको स्तर बृद्धि गर्न लागिको उपभोक्ता समितिका अध्यक्ष गोविन्द केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट बाटोको स्तरोन्नति गर्न लागिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार कालिकास्थान देखि २५ मिटर माथिसम्म आरसिसि ढलान हुने छ भने बाँकी ठाउँमा पिसिसि ढलान हुने छ । अहिले त्रिभुवन जनता माविसम्मको बाटोको स्तरोन्नति हुने उहाँले बताउनुभयो । यो बजेट मुसीकोट नगरपालिका मार्फत कार्यान्वयन हुन थालेको हो । यो संगै मुसीकोट खलंगा बजारभित्रका सबै बाटोहरुको स्तरोन्नति हुने छ । बजार भित्रका सबै बाटोको स्तरबृद्धि गरिसकिएको छ ।

जसले गर्दा सर्वसाधारण तथा साना सवारी साधन विशेष गरी मोटरसाईकललाई बजार क्षेत्रभित्र ओहोरदोहोर गर्न सजिलो भएको छ । अफ्ठेरो रुपमा रहेको यो बाटोको स्तरोन्नतिको काम सम्पन्न भयो भने विशेष गरी त्रिभुवन जनता माविका बिद्यार्थीहरुलाई सहज हुने छ । त्यस्तै अन्य सर्वसाधारणहरुलाई पनि सहज हुने छ ।
 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update