Kakhara सबैको खबर सम्पूर्ण खबर
केपि ओली गोमन सर्प रहेछन् कम्युनिष्ट आन्दोलनलाई डसेः प्रभाकर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री केपी शर्मा ओली गोमन सर्प रहेको र कम्युनिष्ट आन्दोलनलाई डसेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘केपी ओली विषालु गोमन सर्प हुनुहुनेरहेछ, उहाले कम्युनिस्ट आन्दोलनलाई डस्नुभयो ।’ साथै उहाँले ओली लम्पसारवादी एवं कठपुतली भएको बताउनुभएको छ । बिराटनगरमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाउनुभएको हो । ‘उहाँ लम्पसारवादी, कठपुतली हुनुहुन्छ । यो देशमा कोही निरीह प्राणी छ भने ओली हुनुहुन्छ’ शर्माले भन्नुभयो, ‘उहालाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् र फालिदिन्छन् ।’

 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update