Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेमसंघ क्रान्तिकारी बाँफिकोटका ३ वडाको सम्मेलन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँफिकोट गाउँपालिकाका ३ वडाको सम्मेलन सम्पन्न भएको छ । ३, ४ र १० नम्बर वडाको सम्मेलनले क्रान्तिकारीको नयाँ वडा समिति चयन गरेको छ । महिलाहरुको भेलाले वडा समिति चयन गरेको हो ।

३ नम्बर वडा सम्मेलनले मिना दाहाल केसीको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा आशा पुन चन्द, सचिवमा संगिता केसी ओली, सहसचिवमा दिपा केसी र कोषाध्यक्षमा दिपा बोहरा चयन भएका छन् ।

४ नम्बर वडाको सम्मेलनले रिता जैसीको अध्यक्षतामा ३५ सदस्यीय वडा समिति चयन भएको छ । उपाध्यक्षमा गंगा रिजाल, जुनमाया विक, दुर्गा गिरी दाहाल चयन हुनु भएको छ । सचिवमा अमृता केसी सहसचिवमा खिमला दाहाल केसी र कोषाध्यक्षमा टिका रसाइली चयन हुनु भएको छ ।

१० नम्बर वडाको अनेमसंघ क्रान्तिकारीको भेलाले विमला शाही चन्दलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा सिता केसी ओली, सचिवमा रमिता चन्द मल्ल, सहसचिवमा निर्मला खड्का गिरी र कोषाध्यक्षमा कमला शर्मा बुढा चयन हुनु भएको छ । वडा समिति ३५ सदस्यीय चयन भएको छ । 

गाउँपालिकाका ९ वटा वडाको सम्मेलन सकिएको र अब ९ नम्बर वडाको मात्रै सम्मेलन बाँकी रहेको संगठनकी पालिका संयोजक सिता खड्काले जानकारी दिनुभयो । ९ नम्बर वडाको सम्मेलन पनि २२ गते तय गरिएको छ । सबै वडाको सम्मेलनपछि गाउँपालिका सम्मेलन गर्ने तयारी रहेको खड्काले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update