Kakhara सबैको खबर सम्पूर्ण खबर
कुटिपटपछि भिरबाट धकेलिएका बालकको मृत्यु

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नंम्बर १ लुकुमका एक बालकको मृत्यु भएको छ । सोमबार गाई चराउन जङ्गल गएका ८ वर्षी बालको मृत्यु भएको हो । उनी सँगै गाई चराउन गएका सोहि वडाका ९ वर्षीय बालकले कुटपिट गरेर भिरबाट धकेलिदिएको प्रहरीको भनाई छ ।

भिरबाट खसेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्व ल्याईएको थियो । अस्पताल पुर्याउनु लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायक उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बालको टाउको छाती र घाँटीमा गहिरो चोट लागेको छ । घटना संलग्न  भनिएका बालकलाई प्रहरीले सोधपुछ गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update