सिस्ने ५ द्वारा फाइबर सिरक वितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ ले वडाका नागरिकलाई फाईबर सिरक वितरण गरेको छ । आज एक कार्यक्रमका बीच वडाका एक सय जना नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।
वडाका ज्येष्ठ नागरिक, अपांग र गरिब परिवारलाई फाइबर सिरक गरिएको छ । चिसो अत्याधिक बढेकोले चिसोमा केही राहत मिल्ने भन्दै वडाका नगरिकलाई छ्नोट गरी सिरक वितरण गरिएको वडा अध्यक्ष शान्तेबहादुर विकले जानकारी दिनुभयो ।
हरेक वर्ष चिसोको समयमा चिसोबाट बचाउनका लागि वडाका ज्येष्ठ नागरिक, अपांग र विपन्न परिवारलाई न्यायो कपडा कम्बल वितरण गर्दै आएको उहाँको भनाई छ । यस आर्थिक वर्षमा वडाको तिनलाख बजेटबाट फाइबर सिरक कम्बल खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष बिकले बताउनुभएको छ ।।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८ १६:२३
प्रतिक्रिया दिनुहोस्