Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले छाडेर २ जनाले गरे माओवादीमा प्रवेश

नेकपा एमाले छाडेर २ जनाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३, का जनक मल्ल र ललिता शाही मल्लले एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र ३  नम्बर वडाले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा माओवादीका कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसीले उनिहरुलाई पार्टी प्रवेश गराउनु भएको हो ।

३ नम्बर वडा कार्यालयमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीको आठौं महाधिवेशनको भाव सम्प्रेशन तथा समसामयिक विषयमा प्रशिक्षण दिइएको थियो । पार्टीका कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी, वडा इन्चार्ज बेगमप्रसाद देवकोटा लगायतले प्रशिक्षण दिनुभएको थियो । वडा अध्यक्ष बेगम ओलीको अध्यक्षतामा भएको प्रशिक्षणको सञ्चालन सचिव राजकुमार केसीले गर्नुभएको थियो । पार्टीले सबै वडामा प्रशिक्षण चलाउने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update