Kakhara सबैको खबर सम्पूर्ण खबर
अब रूकुम पश्चिमकाे सिडिओ घिमिरे

रूकुम पश्चिमकाे प्रमुख जिल्ला अधिकारीका रूपमा परमानन्द घिमिरे आउनुहुने भएकाे छ । गृहमन्त्रालयले रूकुम पश्चिममा उप सचिव घिमिरेलाई सिडिओका रूपमा सरूवा गरेकाे हाे । घिमिरे गृह मन्त्रालयमा कार्यरत हुनुहुन्थ्याे ।

घिमिरेले यसअघि पनि रूकुममा काम गरिसक्नुभएकाे छ । उहाँले मुसीकाेट नगरपालिकामा कार्यकारी अधिकृतका रूपमा काम गर्नु भएकाे थियाे । गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काे सरुवा गरेको छ । मन्त्रालयले रुकुम पश्चिम, झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा र इलाम जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको हो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update