Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीमा ओलीलाई झड्का, दुई मन्त्री र एक सांसद प्रचण्ड–ओली समुहमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहलाई कर्णाली प्रदेशमा झड्का लागेको छ । पार्टी विभाजित भएसँगै नेताहरूले समूह फेर्ने क्रम जारी छ । सोही क्रममा कर्णाली प्रदेशका ओली पक्षका दुई मन्त्री र एक सांसद प्रचण्ड–माधव नेपाल समूहमा आएका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आउनुभएकाे हाे । योसँगै कर्णालीमा ओली समूहलाई धक्का लागेको हो ।

योसँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा प्रचण्ड–नेपाल समूहमा २२ जना भएका छन् भने ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना मात्रै छन् । ओली समूहका मन्त्री र सांसद प्रचण्ड–नेपाल समूहमा लागेपछि कर्णालीमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अहिलेलाई भने सुरक्षित बनेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update