Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमको आठौं अधिवेशनको तयारी पूरा

नेकपा एमाले रुकुम पश्चिमले जिल्ला अधिवेशनको तयारी पूरा भएको जनाएको छ । भोली शुक्रबार आठौं जिल्ला अधिवेशन गर्ने तयारी गरेको एमालेले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सदरमुकाम खलंगा स्थित बागबजारमा रहेको पार्टी कार्यालयमा अधिवेशन उद्घाटन गर्ने अधिवेशन आयोजक समिति संयोजक टंकप्रसाद ओलीले जानकारी दिनुभयो ।

प्रतिनिधि छनौटदेखि अतिथि निमन्त्रणा लगायतका काम सम्पन्न भइसकेको ओलीले बताउनुभयो । अधिवेशनमा पोलिटव्युरो सदस्य खेममान खड्कालाई प्रमुख अतिथितका रुपमा बोलाइएको छ । अतिथिमा केन्द्रीय सदस्य तिर्था गौतम र चन्द्रबहादुर विश्वकर्मा पनि जिल्लामै रहेको एमालेले जनाएको छ ।

यो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । अधिवेशनमा आयोजक समिति र प्रतिनिधि गरी ४ सय बढी सहभागि हुने संयोजक ओली बताउनुभयो । एमालेले २ सय ७५ जनाको जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ । यसमा प्रतिनिधिहरु थप हुने र यही संख्या बन्द शत्रमा सहभागि हुने संयोजक ओलीले बताउनुभयो । 


 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update