Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा कांग्रेस छाडेर ७ जना माओवादीमा गए
पार्टी प्रवेश गराउँदै माओवादीका बाँफिकोट गाउँपालिका उपाध्यक्ष नरबहादुर खत्री ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका ७ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ४ नम्बर वडा र ७ नम्बर वडाका ७ जनाले आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कांग्रेस छाडेका उनिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

४ सुनिल गिरी, कुशल गिरी र रामलाल दाहालले कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र ४ नम्बर वडाले आयोजना गरेको पार्टी प्रशिक्षणमा उनिहरुले माओवादी प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य धर्मबहादुर केसीले उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको हो ।

४ नम्बर वडाका शेरबहादुर ओलीको अध्यक्षतामा भएको पार्टी प्रशिक्षणमा पार्टीका कर्णाली प्रदेश सदस्य चन्द्रबहादुर शाही, गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी, अखिल क्रान्तिकारी रुकुम पश्चिमका कोषाध्यक्ष किरण विक लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव गोर्ख जैसीले गर्नुभएको थियो । माओवादीले बाँफिकोटका वडा वडामा पार्टी प्रक्षिण चलाइरहेको छ । 

यसैगरी ७ नम्बर वडाका विष्णु खत्री, लालविर खत्री, झरे खत्री र दर्बे खत्रीले पनि माओवादीमा प्रवेश गर्नुभएको छ । पार्टीका गाउँपालिका पालिका उपाध्यक्ष नरबहादुर खत्रीले पार्टी प्रवेश गराउनु भएको हो । पार्टीको गोरेकाँडा टोलको बैठकको क्रममा उहाँहरु पार्टी प्रवेश गर्नुभएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update