Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा भूकम्पको धक्का महशुस

रुकुम पूर्वका विभिन्न ठाउँमा भूकम्पको धक्का महशुस भएको छ र विहीबार राति १२ः१४ बजे भुकम्पको धक्का महशुस भएको स्थानीयले बताएका छन् । भूकम्प गएपछि धेरै स्थानीय व्युँझिएका थिए भने नसुतेकाहरु बाहिर सम्म आएका थिए ।

सिस्ने गाउँपालिका ६, का स्थानीय अमरजंग शाहले राति भूकम्पले बेसरी धक्का दिएको बताउनुभयो । भूकम्प मापन केन्द्रले ४.२ रेक्टर स्केलको भूकम्पको धक्का गएको जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविदु पनि रुकुम पूर्व नै छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update