Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा रुकुम पश्चिमका २ खेलाडी 

पुष २६ गते देखि माघ ५ गतेसम्म काठमाडौंमा संचालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुकुम पश्चिमका २ खेलाडि छनौटमा परेका छन् । ब्याट्सम्यान द्धय हेमन्त ओली र अर्जुन घर्तीले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने छन् । 

सुर्खेतमा भएको छनौट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा रबिन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिएको छ । जसमा रुकुम पश्चिमका दुई खेलाडी परेका हुन् । ओली दोस्रो पटक राष्ट्रिय प्रतियोगिताका लागि टीममा परेका हुन् भने घर्तीले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्दै छन् ।

प्रधानमन्त्री कपको अघिल्लो संस्करणमा ओलीले राम्रो प्रदर्शन गरेका थिए । टिममा पहिलो पटक समेटिएका घर्तीले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update