Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमको अध्यक्षमा पूर्व शिक्षक र पूर्व पत्रकारको रस्साकस्सी

नेकपा एमाले रुकुम पश्चिमको आठौं अधिवेशनको बन्द शत्र भोली २४ गते विहानदेखि सुरु हुँदै छ  । बन्द शत्रमा राजनीतिक प्रतिवेदन आर्थिक प्रतिवेदन पारीत गरेपछि नयाँ नेतृत्व चयन हुनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उप सचिव सहित ४ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटि चयन हुने छ । आज अधिवेशन उद्घाटनको मात्रै कार्यक्रम गरिएको छ । 

जिल्ला कमिटिमा अध्यक्ष सहित अन्य पदाधिकारीका आकांक्षीहरु देखिएका छन् । विशेष गरी अध्यक्षमा टंकप्रसाद ओली र नारायणकुमार शाहले इच्छा देखाउनु भएछ । कार्यकर्ताहरु पनि ओली र शाहका पक्षमा लागेका छन् । सचिवमा शशिराम परियार र कर्णबहादुर ओलीले इच्छा देखाएका छन् ।

मनविर घर्ती र व्युझना पुनले उपाध्यक्षमा इच्छा व्यक्त गरेको एक प्रतिनिधिले बताए । खास प्रतिसप्रधा अध्यक्षमा हुने देखिन्छ । ओली कि शाह भनेर नेता कार्यकर्तामा छलफल भइरहेको छ । ओली जिल्ला अधिवेशन आयोजक कमिटि संयोजक हुनुहुन्छ भने शाह कर्णाली प्रदेश कमिटि सदस्य हुनुहुन्छ । पृष्ठभूमीका हिसावले ओली शिक्षकको राजनीति गरेर आउनु भएको हो भने शाह पत्रकारीताको पृष्ठभूमिबाट आउनुभएको हो । 

शिक्षक संगठन हुँदै जिल्ला कमिटि संयोजक सम्म
चौरजहारी नगरपालिका १३, का वडाध्यक्ष समेत रहेका ओली राजनीतिमा आउनु भन्दा पहिला पढाउनुहुन्थ्यो । उहाँले लामो समय सरस्वती मावि घरेलीचौर, जहारी क्याम्पस र फारुला क्याम्पसमा अध्यापन गराउनुभयो । २०५३ सालमा युवा संघको जिल्ला कमिटि सदस्य बनेर राजनीतिमा लागेका उहाँ एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष सम्म हुनु भएको थियो । त्यस अघि उहाँ तत्कालिन रुकुम जिल्लाका ८ नम्बर इलाकाको उप सचिवको जिम्मेवारी पनि पूरा गर्नुभएको थियो ।

सातौं जिल्ला कमिटिको अधिवेशनपछि मनोनित जिल्ला कमिटिमा परेका ओली एमाले र माओवादी मिलेर बनेको नेकपामा विवाद हुँदा जिल्ला संयोजकको भूमिका पाउनुभएको थियो । त्यसपछि निरन्तर उहाँले जिल्ला कमिटिको संयोजकमा काम गर्नुभएको थियो । हाल जिल्ला कमिटिको संयोजक हुनुका नाताले पनि निरन्तरता पाउनुपर्ने स्वभाविक दावी आफ्नो भएको ओलीले बताउनुभयो ।  

पत्रकारका संस्थापक अध्यक्षको पनि अध्यक्षमा दावी
एमाले जिल्ला कमिटिको अध्यक्षमा दावी गरेका नारायणकुमार शाह नेपाल पत्रकार महासंघ रुकुमको संस्थापक अध्यक्ष हुनुहुन्छ । २०६० सालमा महासंघको स्थापनो भएको थियो । त्यस अघि नै एमालेमा आवद्ध शाहले यस पटक अध्यक्षमा दावी प्रस्तुत गर्नुभएको छ ।

सातौं जिल्ला अधिवेशनमा पनि अध्यक्ष दावी गरेका शाहले अन्तिममा छाड्नुभएको थियो । यस पटक उहाँले अध्यक्ष नछाड्ने अडान लिनुभएको छ । २०५० सालमा १० नम्बर इलाका कमिटि सचिव भएका उहाँ २०५१ सालमै जिल्ला कमिटि सदस्य बन्नुभएको थियो ।

पार्टीको रुकुम–काठमाण्डौं सम्पर्कक मञ्चको कोषाध्यक्ष, सचिव र उपाध्यक्षको भूमिका पनि उहाँले निर्वाह गर्नुभएको थियो । अनेरास्ववियुको राप्ती अञ्चल कमिटि अध्यक्ष केन्द्रीय सदसय र राप्ती अञ्चाल इन्चार्जको भूमिका पनि उहाँले निर्वाह गर्नुभएको थियो । प्रेस चौतारी नेपालको रुकुम र हुम्ला जिल्ला इन्चार्ज, अनेरास्ववियु राप्ती–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष पनि उहाँ हनुुभएको थियो । उहाँले स्वभाविक रुपमा अध्यक्षमा आफ्नो दावी रहेको बताउनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update