Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेमसंघ क्रान्तिकारी बाँफिकोटका सबै वडा सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको ९ नम्बर वडा सम्मेलन सम्पन्न भएको छ । आज भएको सम्मेलनले विना खत्रीको अध्यक्षतामा ३९ सदस्यीय वडा समिति चयन भएको छ । समितिको उपाध्यक्ष कौशिला केसी, शुशिला ओली रोका र  नन्दकला शर्मा, सचिव मनिषा देवकोटा दाहाल, सहसचिव कोइमा दमाई तथा कोषाध्यक्षमा रमिता खनाल दाहाल चयन भएका छन् ।

माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य चन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता, पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी, उपाध्यक्ष झरना शाही लगायतको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । मनकला पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सिता खड्काले गर्नुभएको थियो ।

यो वडाको सम्मेलनसँगै गाउँपालिकाका १० वटै वडाको सम्मेलन सम्पन्न भएको बाँफिकोट गाउँपालिका संयोजक सिता खड्काले जानकारी दिनुभयो । सबै वडाको सम्मेलन सकिएकाले अब माघको पहिलो हप्तासम्म गाउँपालिकाको सम्मेलन गर्ने योजनामा रहेको खड्काले बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update