Kakhara सबैको खबर सम्पूर्ण खबर
बन्द शत्र अँझै सुरु भएन अध्यक्षमा देवकोटाका विषयमा छलफल थालियो
उद्घाटन समारोहमा सहभागि नेताहरु ।

विहान ९ बजे सुरु हुने भनिएको एमाले रुकुम पश्चिमको बन्द शत्र अँझै सुरु भएको छैन । हिजो आठौं जिल्ला अधिवेशनको उद्घाटन शत्र सकिएपछि आजका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरिएको थियो । विहान ९ बजे नै बन्द शत्र सुरु हुने भनिएपनि हालसम्म बन्द शत्र सुरु नभएको हो ।

बन्द शत्र हुने स्थल पार्टी कार्यालयमा प्रतिनिधिहरु पुगेका भएपनि बन्द शत्र सुरु नहुँदा तितरवितर भएका छन् । बन्द शत्रबाट नेतृत्व सहित ७५ सदस्यीय जिल्ला कमिटि चयन गर्ने बताइएको छ । एक प्रतिनिधिका अनुसार नेतृत्वका विषयमा छलफल थालिएकाले बन्द शत्र सुरु हुन ढिलाई भएको हो ।

टंकप्रसाद ओली, नारायणकुमार शाहले अध्यक्षमा दावी गरिरहनु भएको छ । केही प्रतिनिधिहरुले नन्दराम देवकोटालाई अध्यक्ष बनाउनुपर्ने भनेर छलफल पनि थालेको बताईएको छ । सर्वसम्मत हुने अवस्थामा अध्यक्षका लागि देवकोटा पनि तयार रहेको बताइएको छ । यमुनानन्द नमूना माविका शिक्षक रहेका देवकोटा अध्यक्ष हुने अवस्थामा राजिनामा मनस्थितिमा रहेको बुझिएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update