Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा कार्यरत करार स्वास्थ्यकर्मी र सहयोगिहरुको भेला सम्पन्न

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा करारमा कार्यरत स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगिहरुको भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बाँफिकोटको आयोजनामा भेला सम्पन्न भएको हो । भेलाले करारमा सेवामा रहेका स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगिहरुको समिति गठन गरेको छ ।

सन्तोष सिङ ठकुरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । समितिको सचिवमा रामबहादुर केसी र कोषाध्यक्षमा आशा केसी चयन भएका छन् । नेकपा माओवादी केन्द्रका बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीको प्रमुख उपस्थिति, उपाध्यक्ष शेरु विकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अखिल क्रान्तिकारी रुकुम पश्चिमका कोषाध्यक्ष किरण विकको पनि आतिथ्यता रहेको थियो । पछिल्लो समय माओवादीले गाउँपालिका स्थित सबै भातृ संगठनका भेला, बैठक तथा छलफल गरिरहेको छ । संरचना हुने संगठनको सोही संगठनमा र नहुनेहरुको संगठन बनाएर भएपनि एकताबद्ध गर्ने काम भइरहेको अध्यक्ष केसीले बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update