Kakhara सबैको खबर सम्पूर्ण खबर
विजयश्वरी बोर्डिङद्धारा छात्रवृत्ति प्रदान

३१ औं प्याब्सन दिवशका अवसरमा छात्रवृत्ति प्रदान गरिएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, खलंगामा रहेको विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कूलले दुई छात्रछात्रालाई छात्रवृत्ति स्वरुप न्यानो कपडा प्रदान गरिएको हो । छात्र पूर्णविर पुन र छात्रा कल्पना विकलाई न्यानो कपडा प्रदान गरिएको प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।

प्याब्सन दिवशको अवसर पारी दुई छात्रछात्रालाई सहयोग गरिएको उहाँले बताउनुभयो । उनिहरुलाई विद्यालयले यस अघि पनि विभिन्न सहयोग गरिरहेको छ । प्याब्सन दिवशकै अवसरमा विद्यालयले निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । मावि स्तरीय निवन्ध लेखन प्रतियोगिताका प्रथमलाई ५, दोस्रोलाई ३ तेस्रो हुनेलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update