Kakhara सबैको खबर सम्पूर्ण खबर
अध्यक्ष मण्डल गठन गरेर बन्द शत्र सञ्चालन

एमाले रुकुम पश्चिमको आठौं जिल्ला अधिवेशनपछिको बन्द शत्र जारी छ । सदरमुकाम खलंगा स्थित बागबजारमा रहेको पार्टी कार्यालयमा बन्द शत्र भइरहेको हो । बन्द शत्रमा हाल सुझाव संकलनको कार्य भइरहेको प्रतिनिधि नवराज केसीले जानकारी दिनुभयो ।

वन्द शत्रमा पेश भएको राजनीतिक प्रतिवेदनमाथी जिल्लाका सबै पालिकाका प्रतिनिधिहरुले सुझाव राख्नेछन् । वन्द शत्रमा संयोजक टंकप्रसाद ओलीले राजनीतिक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरेर वन्द शत्र चलिरहेको छ ।

अध्यक्ष मण्डलमा नन्दराम देवकोटा, नारायणकुमार शाह, टंकप्रसाद ओली, तिर्था गौतम, चन्द्रबहादुर विक र गोविन्द केसी नेताहरु छन् । ५ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटि चयन गर्दै अधिवेशन आजै सकिने जनाइएको छ । शुक्रबार अधिवेशनको उद्घाटन भएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update