Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोट ५ नम्बर वडामा प्रशिक्षण सम्पन्न

नेकपा माओवादी पार्टी बाँफिकोट गाउँपालिका रुकुम पश्विम अन्तर्गत ५ नम्बर वडाको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ५ नम्बर वडाले आयोजना गरेको कार्यक्रम आज बडागाउँमा सम्पन्न सम्पन्न भएको हो ।पार्टीको आठौँ महाधिवेशन भाव र पार्टीको समसामयिक विषयमा माओवादी केन्द्रका नेता महेन्द्र के सी पारसमिण, माओवादी पार्टीका कर्णाली प्रदेश सदस्य चन्द्रबहादुर शाही, नेकपा माओवादी पार्टी बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायतले गराउनु भएको थियो ।  

पार्टीका ५ नम्बर वडाका वडा अध्यक्ष देउदत्त खत्रीको  अध्यक्षताबाट सुरु भएको कार्यक्रममा माओवादी केन्द्रका नेता महेन्द्र के सी पारसमणिको  प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीको प्रशिक्षण कार्यक्रममा माओवादी पार्टीका कर्णाली प्रदेश  सदस्य चन्द्रबहादुर शाही बाँफिकोट गाउँपालीका अध्यक्ष चन्द्रबहादुर केसी माओवादी पार्टीका बाँफिकोटका गाउँपालिका कमिटी उपाध्यक्ष नरबहादुर खत्री माओवादी पार्टी बाँफिकोट गाउँपालिका कमिटी की उपाध्यक्ष झरणा शाही लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन ५ नम्बर वडाका पार्टी सचिव हरिभान दाहाल गर्नु भएको थियो ।

माओवादी केन्द्र बाँफिकोटको पहिलो बैठकले सबै वडामा पार्टी प्रशिक्षण चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ५ नम्बर वडाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । यस अघि ३ र ४ नम्बर वडाको प्रशिक्षण सम्पन्न भइसकेको छ । अब बाँकी वडामा पनि निरन्तर यसैगरी कार्यक्रम हुने अध्यक्ष केसीले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update