Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्मचारी युनियनको अध्यक्षमा ओली
नवनिर्वाचित अध्यक्ष ओली ।

नेपाल निजामति कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा देवबहादुर ओली चयन हुनु भएको छ । जिल्ला सदरमुकाम खलंगामा भएको आठौं जिल्ला अधिवेशनले ओलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा यामबहादुर केसी, दिपलाल कँवर र भिमा खड्का ओली, सचिवमा छविलाल खड्का, सहसचिवमा वेदबहादुर विष्ट र कोषाध्यक्षमा कल्पना शाही चयन भएका छन् ।

कार्य समिति १७ सदस्यीय छ । अधिवेशनले ४ जनालाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । धरनिधर केसी, गोपाल शर्मा, लक्ष्मण विक र ललित खड्का केन्द्रीय प्रतिनिधिमा चयन भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update