Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमको अध्यक्षमा सहमति हुन सकेन
बन्द शत्रमा सहभागिहरु ।

नेकपा एमाले रुकुम पश्चिममा नयाँ नेतृत्व चयनका लागि सहमति हुन सकेन । आज दिनभर विभिन्न चरणमा भएका छलफलले कुनै निश्कर्ष निकाल्न सकेन । शुक्रबार उद्घाटन भएको आठौं जिल्ला अधिवेशनको आज विहान ९ बजेबाट बन्द शत्र गर्ने भनिएपनि ढिलो गरी दिउँसो १ बजेपछि मात्रै बन्द शत्र सुरु भएको थियो ।

बन्द शत्रमा राजनीतिक तथा आर्थिक पतिवेदन पेश पछि नेतृत्वका विषयमा छलफल सुरु भएको थियो । प्रतिनिधिलाई प्रतिवेदन उपर सल्लाह सुझाव दिन भन्दै अध्यक्ष मण्डल गठन गरेर सहमति प्रयास गरिएको थियो । तर उक्त अध्यक्ष मण्डलले कुनै निश्कर्ष ननिकालेपछि आज पनि बन्द शत्र सम्पन्न हुन सकेन ।

सहमति गराउनका लागि नन्दराम देवकोटा, नारायणकुमार शाह, टंकप्रसाद ओली, तिर्था गौतम, चन्द्रबहादुर विक र गोविन्द केसी सदस्य रहेको अध्यक्ष मण्डल बनाइएको छ । दिनभर यो टोलीले सहमति गराउन सकेन । अध्यक्षमा टंकप्रसाद ओली, नारायणकुमार शाहले आ-आफ्नो दावी छाडेनन् ।

एक अर्कालाई नस्विकारेपछि नन्दराम देवकाटाले पनि आफ्नो दावी पेश गर्नुभएको छ । छलफलमा सहमति हुन नसकेपछि ओली र शाह पहिल्यै बन्द शत्र स्थलबाट निक्लनुभएको थियो पछि देवकोटाले पनि अध्यक्षमा दावी पेश गर्नुभएको छ । अब भोली निर्वाचनको प्रक्रियामा जाने सम्भावना बढेको एक प्रतिनिधिले बताए ।

‘दिनभर सहमति हुन नसकेपछि अबको बाटो निर्वाचन नै हुने होला जस्तो देखिन्छ,’ ति प्रतिनिधिले भने अब ओली, ‘शाह र देवकोटाबीचमा प्रतिसप्रधा हुने सम्भावना बढेर गएको छ ।’ अधिवेशनमा २ सय ७५ सदस्यीय अधिवेशन आयोजक कमिटि सदस्य र अरु प्रतिनिधि गरी ४ सय बढी प्रतिनिधि सहभागि छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update