Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दरामलाई प्रस्ताव प्रतिनिधिद्धारा नारावाजी

नेकपा एमाले रुकुम पश्चिको जारी आठौं जिल्ला अधिवेशनको बन्द शत्रबाट गठित अध्यक्ष मण्डलले अध्यक्ष, उपाध्यक्ष र सचिवको नाम घोषणा गरेको छ । अध्यक्ष मण्डलका तर्फबाट तिर्था गौतमले अध्यक्षमा नन्दराम देवकोटा, उपाध्यक्षमा नारायणकुमार शाह र सचिवमा टंकप्रसाद ओलीको नामा घोषणा गर्नुभएको हो । बाँकी पदाधिकारी र जिल्ला कमिटि सदस्य भने घोषणा भएको छैन ।

यद्यपी यो घोषणा नमान्ने आवाज पनि उठि सकेको छ । उपाध्यक्षमा प्रस्तावित शाह र सचिवमा प्रस्तावित ओलीले आफूहरुको दावी अध्यक्षमा रहेकाले आफूहरु प्रस्तावित उपाध्यक्ष र सचिवमा नबस्ने बताइसक्नु भएको छ । शाह र ओली पक्षका प्रतिनिधिले हाल विरोध गरिरहेका छन् । सदरमुकाम खलंगा स्थित बागबजारमा रहेको पार्टी कार्यालयमा नाराबाजी भइरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update