रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का एक एक ब्यक्तिले आफ्नो जन्मदिनको अवसरमा एक जना सुकुम्वासी परिवारलाई जग्गा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सिस्ने ३ पाँगा घर भई दाङमा व्यवसाय गर्दे आउनुभएका तुलाराम खड्काले ४६ औ जन्मउत्सवको अवसरमा सुकुम्वासी एक परिवारलाई निशुल्क रुपमा एक कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको हाे ।
खड्काले सिस्ने गाउपालिका वडा नम्बर ३ पाङा निवासी धनबहादुर कामीको परिवारलाई १ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । कामी लामो समयदेखि सिस्ने गाउँपालिका वडा नम्बर ३ पाङामा आफन्तको जग्गामा झुपडी बनाएर बस्दै आउनुभएको छ ।
अहिलेसम्म लालपुर्जा नभएको र अर्काको जग्गामा बस्दै आउनुभएका कामीलाई खड्काले जग्गा उपलब्ध गराउने बाँचा गरेपछि उहाँ निकै खुसी हुनुभएको छ । करिब ती लाख मूल्य बराबरको जग्गा अब छिटै धनबहादुरको नाममा पास गरिदिने खड्काले बताउनुभयो । खड्का यो भन्दा पहिले पनि विभिन्न समास्यामा परेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ ।