Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा पूर्व जनमुक्ति सेनाको भेला
भेलामा सहभागिहरु ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पूर्व जनमुक्ति सेनाको भेला भएको छ । नेकपा माओवादी केन्द्र बाँफिकोटले ४ नम्बर वडाको छिन्खेतमा गाउँपालिकामा रहेका पूर्व जनमुक्ति सेनाको भेला गरेको हो । माओवादी बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले पूर्व जनमुक्ति सेनाको अवस्था, माग, गुनासाका विषयमा जानकारी लिन र सकेसम्म सम्बोधनको प्रयासका लागि भेला आयोजना गरिएको जानकारी दिनुभयो ।  गाउँपालिका स्तरबाट घाइते र अपांग जनमुक्ति सेनाको सक्दो उपचार र सहयोग गर्न सकियोस भनेर पनि भेला डाकिएको अध्यक्ष केसीले बताउनुभयो ।

भेलाबाट शेरु विकको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति बनाइएको छ । माघ ९ गते हुने भेलाले यसलाई पूर्णता दिएर नयाँ समिति गठन गर्ने निर्णय भएको छ । समितिको सदस्यमा धनबहादुर खड्का, नामबहादुर खत्री, अमृत केसी र विमला सुनार रहेका छन् । लिलाराम केसी, हार्दिका परियार, खिमा डाँगी, महेश बाँठा, गणेश दाहाललाई पनि सदस्यमा राखिएको छ ।

लक्ष्मण शाही, शौरभ केसी र राजेश विसी पनि तदर्थ समितिको सदस्यमा छन् । भेलामा माओवादी केन्द्रका नेता महेन्द्र केसी पारसमणिले आठौं राष्ट्रिय महाधिवेशनको विषयमा जानकारी गराउनु भएको थियो । महाधिवेशनबाट पारित नीति, कार्यक्रम र भाव सम्प्रेशन सहित केसीले जनमुक्ति सेनाको भूमिकाको प्रशंसा गर्नुभएको थियो । भेलामा पार्टीका प्रदेश समिटि सदस्य चन्द्रबहादुर शाही, दिपेन्द्रकुमार मल्ल, पूर्व जनमुक्ति सेनाका विग्रेड भाइस कमाण्डर कलबहादुर नाथको पनि आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update