विद्यालयका लागि निःशुल्क जग्गा दान
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाका एक व्यक्तिले विद्यालयलाई निःशुल्क जग्गा दान गर्नुभएको छ । २ नम्बर वडाका देउकुमार केसीले बाल शिक्षा आधारभुत विद्यालयलाई निःशुल्क जग्गा प्रदान गर्नुभएको हो । विद्यालय भवन निर्माणका लागि जग्गा आवश्यक पर्ने भएपछि केसीले विद्यालयका लागि जग्गा प्रदान गर्नुभएको हो ।
४३ मिटर लम्बाई र साढे ३ मिटर चौडाई भएको जग्गा उपलब्ध गराउनु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमदत्त बुढाथोकीले जानकारी दिनुभयो । उक्त विद्यालयमा बाल शिक्षा देखि ८ कक्षा सम्म पठन पाठन हुन्छ । केसीले दिएको जग्गामा विद्यालय भवन बनाउन पनि सुरु गरि सकिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८ १२:१४
प्रतिक्रिया दिनुहोस्