Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक खन्न थाल्यो हेलिकोप्टरबाट पुर्याइएको डोजरले

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १ मा सडक निर्माण थालिएको छ । केही दिन अघि हेलिकोप्टरबाट ढुवानी गरिएको डोजरले सडक निर्माण सुरु गरिएको वडाध्यक्ष देवबहादुर घर्तीले जानकारी दिनुभयो । पातुकुनाबाट सडक निर्माण थालिएको छ ।

२ नम्बर वडामा सडक पुर्याउने गरी सडक निर्माण सुरु भएको अध्यक्ष घर्तीले बताउनुभयो । केही अघि नै डोजर पुर्याइएपनि विविध कारणले सडक निर्माणमा ढिलाई भएको उहाँले बताउनुभयो । सरसामग्री जुटाउन समय लागेकाले केही दिन ढिला गरेर सडक निर्माण थालिएको अध्यक्ष घर्तीले बताउनुभयो । अब कुनै समस्या आए बाहेक सडक निर्माण नरोकेर निरन्तर काम हुने उहाँले बताउनुभयो ।

नगरपालिकाको सडक नपुगेको मध्य यो वडा पनि पर्छ । अब भने सडक बन्ने भएपछि स्थानीय खुसी भएका छन् । सडक निर्माण नै सुरु भएपछि वडाबासी खुसी भएको वडाध्यक्ष घर्तीले बताउनुभयो । सडक २ नम्बर वडाको सडकसँग जोड्ने गरी निर्माण गरिने छ । झण्डै १५ किलोमिटर निर्माण गरेपछि २ नम्बर वडासम्मको सडक भेटिने अवस्था छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update