रुकुम पूर्वको सिस्ने गाउँकार्यपालिकाका सदस्य वडा नम्बर ४ का रुद्रबहादुर विकको उपचारको लागि आर्थिक संकलन हुने क्रम जारी रहेको छ । मृगौला रोगबाट पीडीत उहाँको उपचारको लागि भनेर अमेरीकामा बस्दै आउनुभएका लोक बहादुर केसीको पहलमा आर्थिक सहयोग संकलन गरि हस्तान्त्रण गरिएको छ । बिकको अहिले महाराजगंज शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
बिगत १ महिना यता बिरामी पर्नुभएका विकको दुवै मृगौलामा समस्या देखा परेपछि काठमान्डौमा उपचार भइरहेको छ । उपचार खर्चमा समस्या भएपछी अमेरिकामा बस्ने नेपालीहरुले जम्मा १ लाख ७० हजार ६ सय ५२ रुपैया सहयोग गरेका छन् । लोकबहादुर केसीले ११ हजार ९ सय १८ रुपैयाँ, गणेश कुसारीले ५ हजार ९ सय, हरि खत्रीले ११ हजार ८ सय, मनबहादुर कुसारीले ५ हजार ९ सय, गोरख कुसारीले ५ हजार ९ सय रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै मनराज देबकोटाले ६ हजार १८, बिजय कुमार खत्रीले ६ हजार ४९०, वालाराम कुसारीले २ हजार ४७८, सुनिल केसीले ५ हजार ९०० रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै सुमन शिखर कुसारीले ६ हजार १८, दिपक देबकोटाले ५ हजार ९००, सुबास गौतमले ५ हजार ९००, किसोर कुसारीले ६ हजार १८, इस्ट्रङ्गल कुसारीले २ हजार ४७८, रोहित कुसारीले ४ हजार ८३८, डिबि कुसारील २ हजार ३६०, निम भारतिले २ हजार ९५०, मिलन कुसारीले ३ हजार ६८ रुपैयाँ सहयोग गर्नुभएको छ । बल बहादुर खनालले २ हजार ९५०, चेतन श्रेष्ठले २ हजार ९५०, रिपिस कुसारीले २ हजार ३६०, सारदा केसीले ५ हजार ९००, कबिता शर्माले ६ हजार ४९०, प्रकाश ओलीले २ हजार ३६०, देब खत्रीले ५ हजार ९००, बिर्ख खत्रीले ६हजार १८, युबराज केसीले ५ हजार ९००, मोहन केसीले ११ हजार ८००, जिबन बिसीले ५ हजार ९००, मिलन ओलिले २ हजार ३६०, मोहन कुसारीले् २ हजार ९५० र शिशिर बस्नेतले ५ हजार ९०० रुपैयाँ सहयोग गर्नुभएको छ ।
विकको हाल दुवै मृगौलामा पानी जमेको र उक्त पानी निकाल्ने काम भइरहेको छ । उपचाररत उहाँलाई शनिबार कोरोना संक्रमण भएपछी अहिले कोभिड वार्डमा भर्ना गरिएको छ । विकलाई अप्रेशनको लागि पुस २६ गते समय दिइएको थियो तर अबस्था जटिल भएपछी पहिला नै अस्पताल पुग्नुभएको थियो । हाल अमेरिका बसेर आफुलाई सहयोग गर्ने सहयोगी दाता सबैलाई उहाँले धन्यवाद समेत दिनुभएको छ ।