Kakhara सबैको खबर सम्पूर्ण खबर
पृथ्वी जयन्तीको अवसरमा बिरामिलाई दुध र फलफुल 
जिल्ला अस्पतालमा रहेका बिरामिलाइ फलफुल र दुध वितरण गर्दै राप्रपा अध्यक्ष सुधिर बिक्रम शाह ।

३०० औं पृथ्वी जयन्तीका अवसरमा रुकुम पूर्वको जिल्ला अस्पतालमा रहेका बिरामिहरुलाई दुध र फलफलु वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) रुकुम पूर्वले जिल्ला अस्पतालमा उपचाररत बिरामिहरुलाई दुध र फलफुल वितरण गरिएको हो । 

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसर पारेर जिल्ला अस्पतालमा भर्ना भएर उपचार गराईरहेका बिरामिहरुलाई पोषिलो खानेकुरा वितरण गरिएको राप्रपा रुकुम पूर्वका अध्यक्ष सुधिरबिक्रम शाहले जानकारी दिनुभयो । आज बिहान जिल्ला अस्पतालमै पुगेर दुध र विभिन्न प्रकारका फलफुल वितरण गरेको उहाँले बताउनुभयो । आज विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाईदै छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update