आठबीसकोट १ मा शाइकुमारी मन्दिर निर्माण
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ मा शाइकुमारीको मन्दिर निर्माण गरिएको छ । वडा नम्बर १ को शाइकुमारीमा मन्दिर निर्माण गरिएको हो । नगरपालिकाले ६० लाख बजेट खर्चिएर मन्दिर निर्माण गरेको हो ।
मन्दिरमा वर्षमा २ पटक झाँक्रि सहितको मेला तथा विशेष पुजापाठ हुन्छ । बैशाखे पुर्णिमा र कार्तिके पुर्णिमा गरी दुई पटक मेला र विशेष पुजा हुने गर्दछ । विशेषगरी कार्तिक पुर्णिमामा ठुलो मेला र पुजा लाग्ने गर्दछ । पुजापाठ र दर्शन भने वर्षैभरी गर्न मिल्छ ।
मुसीकोटको डिग्रे शाइकुमारीको मन्दिरमा जस्तै उक्त मन्दिरमा पनि पुजा पाठ र मेला लाग्ने गरेको आठबीसकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिनुभयो । मन्दिर निर्माण भएपछि पुजापाठ तथा दर्शनका लागि थप आकर्षण बढ्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ ११:३९
प्रतिक्रिया दिनुहोस्