Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री कपमा कर्णालीकाे पहिलाे जित

कर्णाली प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको छ । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १७.१ ओभरमा ८९ रनमा अल आउट भयो । प्रदेश एकका फिर्दोस अन्सारीले २६ बलमा १ चौकासहित २३ रन बनाए । 

कप्तान सिद्धान्त लोहनी १४, दीपेश कंँडेल र श्रवण यादवले १५–१५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले ३.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । 

दीवान पुनले २, दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कँवरले १–१ विकेट लिए । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन बनायो । कर्णालीका ओपनर तथा कप्तान रविन्द्रजंग शाहीले ४१ बलमा ४ चौकासहित सर्वाधिक २६ रन बनाए ।

प्रकाश जैशीले २८ बलमा २ चौकासहित २५, राज शाह १५ र विपिन रावलले ११ रन बनाए । प्रदेश एकका मुकुन्द यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारीले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । कमल खत्री र सिद्धान्त लोहनीले १–१ विकेट लिए ।

कर्णाली पहिलो खेलमा आर्मीसँग ६३ रनले पराजित भएको थियो । कर्णाली समूह ए मा २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह ए मा नेपाल पुलिस क्लब २ खेलमा ४ अंकका साथ शीर्ष र समान खेलमा २ अंकका साथ आर्मी दोस्रो स्थानमा छ । 

कर्णालीले बिहीबार सुदूरपश्चिमसँग टियुमा खेल्नेछ । प्रदेश एकले सोहि दिन मुलपानीमा आर्मीसँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update