Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडियाे आफ्नाे एफ.एम. छैटाैं वर्षमा प्रवेश

रुकुम पश्चिमको चौरजहारीमा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.९० थोप्लो ४ मेगाहर्ज पाँचौ वर्ष पुरागरी छैठाैं वर्षमा प्रवेश गरेको छ । चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.आजकै दिन स्थापना भएको थियो । 

रेडियोले पाँचौं वार्षिक उत्सवको अवसरमा चाैरजहारी अस्पतालमा भर्ना भएका ५० जना विरामीहरुलाई फलफुल वितरण गरेको छ । विभिन्न प्रकृतिका समस्या भएर चौरजहारी अस्पतालको वार्डमा भर्नाभई उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरीएको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले जानकारी दिनुभयो ।

विरामीहरुलाई स्याउ, केरा, सुन्तला र उसिनेकाे अण्डा वितरण गरिएको छ । भने ६ जना शारिरीक अपांगता भएका व्यक्तिहरुलाई वार्षिक उत्सवको अवसरमा ब्लाङकेट वितरण गरिएको छ । ब्लांङकेट  प्राप्त गर्नेहरुमा चौरजहारी नगरपालिका वडा नम्वर १ कि मौसमी सुनार, वडा नम्वर ७ का प्रकास सुनार, सोही  वडाका प्रेम शर्मा, वडा नम्वर ६ का मंगल वोहोरा, वडा नम्वर १० कि गंगा राणा र सोही वडाका विरेन्द्र वि.क. रहेका छन ।

उनीहरुलाई घरमै पुगेर ब्लाङकेट हस्तान्तरण गरिएको हो । मानव विकास तथा सामुदायिक सेवा रेडियो प्रसारण विभागका संयोजक विजय माननधरको उपस्थिति तथा चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी, मेडिकल डाईरेक्टर डाक्टर कालेव वुढा लगाएतको उपस्थितिमा फलफुल वितरण गरिएको थियो ।

१ सय वाट क्षमता रहेको रेडियो आफनो एफ.एम.को प्रसारण ईन्टरनेटको माध्याम वाट www.radioafnofmrukum.com र हाम्रो पात्रो मार्फत संसारभर रेडियोको प्रसारण पहुँच रहेको छ । रेडियोले वार्षिक उत्सवको अवसरमा स्थानीय सरकार, राजनितिक दल विज्ञापनदाता तथा आम स्रोताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update