रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ का रमेश बोहराको उपचारमा समस्या भएको छ । बोहराको भारतको सिम्लामा उपचार भइरहेको छ । २०६३ सालदेखि वेपत्ता भएका रमेश पुष १८ गते घर परिवारको सम्पर्कमा आउनुभएको थियो । सम्पर्कमा आउँदा उहाँको सिम्लाको सोलोडोन इन्दिरा गान्धी मेडिकल कलेजमा उपचार भइरहको परिवारले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि बोहरा परिवारले सहयोगको याचना गरेको छ । के रोग लागेको हो भन्ने बारेमा जानकारी हुन नसकेको र उपचारका लागि सहयोग गरिदिन रमेशका भाइ प्रेमप्रकाश बोहराले सबैमा आग्रह गर्नुभएको छ । लामो समयदेखि वेपत्ता रहेका रमेश सम्पर्कमा आएपछि बोहरा परिवारमा खुसीयाली छाएको त छ तर कसरी निको बनाएर घर फिर्ता ल्याउने भन्ने चिन्ताले सताएको छ ।
त्यस्तै वडाले पनि उपचारमा आवश्यक सहयोग तथा बोहरालाई नेपाल फर्काउन सहयोग गर्न सिफारिस गरेको छ ।
वडाले गरेकाे सिफारिस