Kakhara सबैको खबर सम्पूर्ण खबर
उन्नतशिल कृषि सहकारीकाे नवाै‌ साधारण सभा सम्पन्न

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको उन्नतशिल कृषि सहकारी संस्था लिमिटेडको ९ औ साधारण सभा सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरेर सहकारीले ९ औ साधारण सभा सम्पन्न गरेको हो । सहकारी व्यवस्थापक आशिका बोहराले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिदेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार एक वर्ष भित्र सहकारीले ७ लाख ५३ हजार ५ सय ४० रुपैयाँ आम्दानी गरेको छ भने ५ लाख १ हजार ६ सय ६२ रुपैयाँ खर्च रहेको सहकारीको २ लाख ९३ हजार २ सय ७८ रुपैयाँ खुद नाफा रहेको छ ।

२०६९ साल पौष ३ गते बाट आफ्नो यात्रा सुरु गरेको सहकारीको जम्मा पुजी दायित्व र सम्पति ८२ लाख बराबर रहेको सहकारीमा अहिले सम्म ७ सय १२ जना शेयर सदस्य रहेको सहकारीका अध्यक्ष ज्ञानु चन्द्र चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै सहकारीलाई अहिले सम्म अमूल्य योगदान पुर्याउने १४ जनालाई कदर पत्र र ९ जनालाई प्रशंसा पत्रले सम्मान गरेको छ ।

सहकारीका अध्यक्ष ज्ञानुचन्द्र चन्दको अध्यक्षता रहेको साधारण सभामा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै साधारण सभामा सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा जिल्ला सहकारी संघ रुकुम पूर्वका अध्यक्ष बसन्त कुमार क्षेष्ठ सिस्ने गाउँपालिका ८ नम्बर वडा अध्यक्ष खर्कसिह थापा जिल्ला सहकारी संघ रुकुम पश्चिमका अध्यक्ष नरबहादुर खड्काकाे पनि आतिथ्यता रहेकाे थियाे । 

नेपाली कांग्रेस मुसिकोट नगर पालिका वडा नम्बर १ का वडा सभापति बिश्नु चन्द कृषि प्राविधिक करुणा पुन जिल्ला समन्वय समिति रुकुम पूर्वकी सदस्य रिका कामी नेपाली कांग्रेस जिल्ला कार्य समिति रुकुम पूर्वका सचिव हरिबहादुर केसी नेकपा एमाले रुकुम पूर्वका जिल्ला कमिटी सचिवालय सदस्य तुलराम कुवँर सुरक्षाकर्मी शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो सहकारीका उपाध्यक्ष तारक बुढाको स्वागतमन्तव्य रहेको सधारण सभाको सञ्चालन सहकारीका सचिब गणेश रावले गर्नु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update