Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिका अध्यक्ष बराल सहित ७ जनामा काेराेना संक्रमण

रुकुम पूर्व सिस्ने गाउँपालिका अध्यक्ष सहित ७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएको छ । शुक्रवार रुकुम पूर्व अस्पतालमा गरिएको एन्टिजेन प्रशिक्षणमा ७ जनामा काेराेना देखिएको हो । १६ जनाको कोरोना परीक्षण गरिएकोमा ४ पुरुष र ३ महिला गरि ७ जनामा कोरोना देखिएको अस्पतालका डाक्टर क्षितिज नेपालीले जानकारी दिनुभयो । अन्य ९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

परिक्षण गराएका अधिकांश सिस्ने गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएको रुकुम पूर्व अस्पतालले जनाएको छ । सिस्ने गाउँपालिका अध्यक्ष बराल सहित उपाध्यक्ष गोबरधन बुढा, स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद यादव, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिङ बुढा, सव इन्जिनियर गोविन्द खड्का र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुशिला पोखरेललाई काेराेना देखिएको छ । यस्तै सिस्ने ६ की २० बर्षिया महिलामा पनि काराेना देखिएको छ । अध्यक्ष बराल सहित पोजेटिभ देखिएका सवैको स्वास्थ्य अवस्था सामान्य छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य पोजेटिभ कर्मचारीहरु गाउँपालिकाको आवास गृहमा बस्नु भएको छ । समुदाय स्तरमा पनि संक्रमण फैलिएको हुन सक्ने भएकाले परिक्षण गर्न आउन रुकुम पूर्व अस्पतालले सवैमा अनुरोध गरेको छ । कोरोना परिक्षण प्रत्येक दिन दिउसो १ः०० बजेदेखि २ः०० सम्म हुनेछ । साथै आवश्यक स्वास्थ्य मापदण्डको पालना गरि दैनिक रुपमा गरिने कृयाकलाप सञ्चालन गर्न सवैमा अपिल गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update