Kakhara सबैको खबर सम्पूर्ण खबर
काेराेना कहरका विच गाउँ गाउँमा मेला
सिस्ने गाउँपालिका ३ पोखरामा मेला भर्न पुगेका मान्छे ।

कोरोना कहरका बिच गाउँ–गाउँमा मेला माघे संक्रान्तिको अवसरमा बिभिन्न ठाउँमा मेला लागेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ५ वडगाउँमा लाग्दै आएको खोलामेलाको अवसरमा नक्कली बिहे भएको छ । वडा नं. ४ को वडगाउँ र वडा नं. ६ को मग्गाबाट बेहुला बेहुलीको प्रर्दशनीको लागि वडगाईखोला सम्म पुर्याउने गरिन्छ । कोरोनाको कारण यो वर्ष बिभिन्न कार्यक्रमहरु नगरिए पनि खोलामेलाको अवसरमा नक्कली विहेको कार्यक्रम भने गरिएको हो । वडगाउँमा हरेक वर्ष नक्कली विहे गर्ने चलन छ ।

यो वर्ष पनि सोही चलन अनुसार वडगाउँका र मग्माका बडगाईँखोला पुगेर नक्कली विहे गराईदिएका हुन् । कोरोनाको कारण अन्य प्रतियोगिता आयोजना नगरिएको भए पनि नक्कली बिहे हेर्नको लागि भने भिडभाड देखिएको छ । त्यस्तै मुसीकोट नगरपालिका वडा नं. १० मा खर्सुपानीमा पनि माघिको अवसरमा मेला लागेको छ । मेलाको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगिताहरु स्थगित गरिएको भए पनि मेलामा बेहुला बेहुली भने प्रर्दशन गरिएको हो । कोरोनाको जोखिम रहेको भन्दै प्रतियोगिता स्थगित गरिएको भए पनि मेला लगाईएको स्थानीयको भनाई छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भने २५ जना भन्दा वढि जम्मा नहुन आग्रह गरेको छ । कोरोनाको समयमा हुने भिडभाडका कारण कोरोना संक्रमण फैलने सक्ने भएकाले मेला महत्सव, भेला, जुलुस जस्ता गतिविधिमा प्रतिबन्ध लगाएको भए पनि गाउँमा भने माघिको अवसरमा मेला लागेका हुन् । जिल्लाका केहि ठाउँमा भने माघिको अवसरमा आयोजना गरिएका मेला तथा प्रतियोगिताहरु पनि स्थगित गरिएका छन् । माघिको अवसरमा ठुला पुरस्कार राशिका खेलकुद प्रतियोगिताहरुमा स्थगित गरिएका हुन् ।

कोरोनाको जोखिम बढेको र स्थानीय प्रशाशनले मेला लगाउन प्रतिबन्ध गरे पछि मेला स्थागित भएका हुन् । त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ३ पोखरामा पनि कोरोनाको जोखिमकै विच मेला लागेको छ । आफ्नो संकृतिलाई जगेर्ना गर्ने भन्दै आज मेला लागेको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र रुकुम पूर्वले पनि मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । पोखरामा मेला भर्नको लागि बाँफिकोट गाउँपालिका वडा नं. १ र २, सिस्ने गाउँपालिका वडा नं. ३, ४, ५, ६, ७, र ८ बाट मानिसहरु पुगेका छन् ।

केहि दिन अधि मात्रै सिस्ने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको जोखिम हुदा हुदै पनि मेला लागे पछि कोरोना सक्रमण फैलन जोखिम रहेको पोखराका रामचन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार प्रशासनले मापदण्ड तोके पनि मेलामा निकै भिडभाड रहेको छ । प्रत्येक वर्ष माघिको अवसरमा पोखरामा बुहुली पोल्ने र मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update