रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा तपाईको मास्क खै ? अभियान सुरु भएको छ । कोरोना महामारीको जोखिम बढ्दै गए पछि खंलगामा तपाईको मास्क खै ? अभियान सुरु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आयोजना नेपाल पत्रकार महासंघ, सामुदायिक प्रहरी सेवा केन्द्र, रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित सुआहारा परियोजनाको सहकार्यमा तपाईको मास्क खै ? अभियान सुरु भएको छ ।
अभियान कालिकास्थानबाट सुरु भइ बजारका विभिन्न ठाउँमा पुगेर मास्क नलगाई हिड्डुल गरेकाहरुलाई मास्क बितरण गरिएको छ । कोरोनाको जोखिम बढ्दै जाँदा पनि मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन छाडेका छन् । अभियानको क्रममा वजारमा हेर्दा १० प्रतिशत मानिसले मात्र मास्क लगाएको पाईएको मुसीकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । पसलहरुमा रहेकाले मास्क नलगाएको देखिएको उहाँको भनाई छ ।
अभियान अन्तरगत आज करिव १ हजार जनालाई निःशुल्क रुपमा मास्क वितरण गरिनुका साथै कोरोनाको जोखिम कायमै रहेकाले मास्क लगाउन आग्रह गरिएको छ । अभियानमा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकी, मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकप्य अधिकृत नरहरि तिवारी, नेपाल पत्रकार महासंघ सचिव हिरा परियार, सुआहारा परियोजनाका फिल्डकोडिनेटर जगदिश खड्का, शुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।