Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र मुसीकोट ६ रुकुम पश्चिमको बैठक बस्यो

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगरपालिका ६ वडा समिति रुकुम पश्चिमको दोस्रो बैठक सम्पन्न भयको छ। बैठकले यहि पौष ४ गते निधन हुनु भएका बिरबहादुर रावलको शोक प्रस्ताव पारित गर्नु का साथै टोल समिति र सेल कमिटी को बैठक यथासीघ्र गर्ने निर्णय गरेको छ ।

साथै बैठकले विभिन्न क्रियाशील जनवर्गिय संगठनको समिति ईन्चार्ज समेत तोकेको छ । जस अनुसार युवा वाइसीएलको ईन्चार्जमा शरद बिस्टलाई चयन गरेको छ भने, महिला ईन्चार्ज मा निर्मला रसाईली, विद्यार्थी ईन्चार्ज मा अन्जु बुढा र शिक्षकको ईन्चार्जमा महेन्द्र बोहोरालाई चयन गरेको छ । बैठकमा पार्टी नगर समिति सचिव शुसिल गौतम ले प्रशिक्षण दिनु भएकाे थियाे । 

बैठकमा जेष्ठ कम्युनिस्ट मन्च का केन्द्रीय सदस्य गम्मरसिङ बोहोरा, प्रदेश परिषद सदस्य भानु मल्ल,नगर पार्टी सल्लाहकार भद्रबहादुर बोहोरा, नगर सदस्य नारायणन केसी, अनिल विएम र निर्मला रसाईलीको उपस्थिति रहेको थियो । पार्टी अध्यक्ष मिलन बोहोरा को अध्यक्षतामा भएको बैठकको सन्चालन सचिव दिपेन्द्र महतारा ले गर्नु भयको थियो

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update