Kakhara सबैको खबर सम्पूर्ण खबर
सिद्ध शाइकुमारी मन्दीरलाई व्यवस्थित गरियो  
मुसीकोट २ मा रहेको सिद्ध शाइकुमारी मन्दिर ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ मा रहेको सिद्ध शाइकुमारीको मन्दीरलाई व्यवस्थित बनाईएको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७ लाख रुपैंयामा वडाको बारीपोलेमा सिद्ध शाइकुमारी मन्दीरलाई व्यवस्थित बनाईएको हो । यसअघि मन्दीरका लागि एकतला ढलान गरिएकामा अहिले फिनिसिङका साथै रङ्गरोगन गरिएको मन्दीरको संरक्षणमा जुट्नुभएका स्थानीय रमेश खड्काले जानकारी दिनुभयो ।

यसका साथै मन्दीर परिषरमा अन्य व्यवस्थापनको काम पनि भएको छ । मन्दीर वरीपरी रहेका कडा चट्टानलाई फुटाएर फिल्ड निर्माण गरिएको खड्काले बताउनुभयो । फिल्ड निर्माणका लागि वाल समेत लगाईएको छ । त्यस्तै रेलिङ समेत राखिएको खड्काले बताउनुभयो । यो मन्दिरमा हरेक वर्षको मंसिरे एकादशी र द्धवादशीमा पुजा र मेला लाग्ने गर्दछ । त्यस्तै पुजापाठ खुलाउन एकल महिला तथा पुरुष पहिलो पटक मन्दीरमा गई पुजापाठ र दर्शन गर्ने गर्छन् ।

मन्दीरमा भेडा र बोकाको बली समेत दिईन्छ । पुजापाठ गर्नाले मनले चिताएको पुरा हुने धार्मिक विश्वास रही आएको स्थानीयको भनाई छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update