Kakhara सबैको खबर सम्पूर्ण खबर
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
चाैरजहारी विमानस्थलबाट हेलिकाेप्टर मार्फत सुत्केरीकाे उद्धार गरिदै ।

 

जाजरकोटको कुशे गाउँपालिकाकी एक सुत्केरी महिलाको आज नेपाली सेनाको हेलिकाेप्टर मार्फत उद्धार गरिएको छ ।
कुशे गाउँपालिका वडा नम्वर ५ निवासी २५ वर्षिया सरस्वती रावलको रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकाेप्टरले उद्धार गरी सुर्खेत लगेकाे हाे । घरमा जुम्ल्याह छोरालाइ जन्म दिएकी रावललाई सुत्केरी पछिको संक्रमण वढेपछि गत पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना गरिएकी सरस्वतीमा कडा खालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान विरामीका आफन्तलाई दिएको सल्लाह अनुसार सुर्खेत लगिएको उहाँका श्रीमान धनबहादुर रावलले जानकारी दिनुभयो । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौंले सुत्केरी महिलाको हेलिकाेप्टर मार्फत उद्धार गरेको हो । जुम्ल्याह छोरा घरमा नै सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले वताएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update