Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा नेपाल महिला संघको कार्य समिति चयन

नेपाली कांग्रेस निकट नेपाल महिला संघ बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पालिका स्तरीय नयाँ कार्य समिति चयन गरेको छ । नन्दा केसी नाथको सभापतित्वमा २६ सदस्यीय नयाँ कार्य समिति चयन भएको नेपाली कांग्रेस बाँफिकोटले जनाएको छ । महिला संघको उपसभापतिमा शर्मिला पौडेल, सचिव गीता दुलाल र फुलमाया विक, सह सचिव धनकुमारी खत्री र करिष्मा बुढा पुन चयन भएका छन् ।

नेपाल महिला संघ रुकुम पश्चिमकी अध्यक्ष मनिषा भण्डारीको प्रमुख आतिथ्यता, सिता ओलीको विशेष आतिथ्यता, नेपाली कांग्रेसका जिल्ला उप सभापति हर्कसिङ खत्री  लगायतको आतिथ्यतामा महिला संघको भेला सम्पन्न भएको हो । टिका रानाले सञ्चालन गरेको भेलाको अध्यक्षता नेपाली कांग्रेसको बाँफिकोट गाउँपालिका सभापति जनककुमार बाँठा मगरले गर्नुभएको कांग्रेस बाँफिकोट गाउँपालिका २, का सभापति प्रकाश खत्रीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update