Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

तीन दिनदेखि बेपत्ता पुरुषको शव भेटिएको छ । त्रिवेणि गाउँपालिका–१०, टोट्केका ५४ वर्षीय हरिबहादुर खड्काको शव भेटिएको हो । पुस १८ गतेदेखि परिवारको सम्पर्कविहीन भएका खड्काको शव सोमबार विहान ७ बजे मुसीकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले शव भेटिएको भनि खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो ।

घटना स्थलको अवलोकनपछिको प्रारम्भिक अनुसन्धानबाट लडेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । घटनाको अरु अनुसन्धान र पोष्टमार्टमपछि थप भन्न सकिने प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update