Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले मुसीकोट नगर कमिटिको बैठक सम्पन्न

नेकपा एमाले रुकुम पश्चिम अन्तर्गत मुसीकोट नगर कमिटिको बैठक बसेको छ । बैठकले माघ ७ गते नगरका १४ वटै वडामा युवा संघ गठन गर्ने निर्णय गरेको छ । ८ गते पार्टीका सबै वडा कमिटिको बैठक गर्ने निर्णय गरेको छ ।

एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर विकको प्रमुख उपस्थिति, केन्द्रीय सल्लाहकार सदस्य गोविन्द केसी, कर्णाली प्रदेश कमिटि सदस्य नारायणकुमार शाह, जिल्ला कमिटि अध्यक्ष नन्दराम देवकोटा, सचिव शशिराम नेपाली, उप सचिव रचना मल्लको आतिथ्यतामा बैठक बसेको हो । नगर कमिटि अध्यक्ष थलबहादुर ओलीको अध्यक्षतामा भएको बैठकको सञ्चालन नगर कमिटि सचिव चुडामणि गौतमले गर्नुभएको थियो 
 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update