Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोट २ को वडा प्रशिक्षण सम्पन्न

नेकपा माओवादी पार्टी बाँफिकोट गाउँपालिका रुकुम पश्विम अन्तर्गत २ नम्बर वडाको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २ नम्बर वडाले आयोजना गरेको कार्यक्रम आज वडा मेलगैरी सहिद स्मृति पार्कमा सम्पन्न भएको हो ।

पार्टीको आठौँ महाधिवेशन भाव र पार्टीको समसामयिक विषयमा माओवादी केन्द्रका नेता महेन्द्र के सी पारशमणी, माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य मनबहादुर वादी, केन्दीय सुरक्षा विभाग सदस्य कलबहादुर नाथ माओवादी पार्टी बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्र बहादुर केसी लगायतले गराउनु भएको थियो । पार्टीका २ नम्बर वडाका वडा अध्यक्ष नले दमाईको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा माओवादी केन्द्रका नेता महेन्द्र के सी प्रमुख आथिथ्यता रहेको थियो ।

त्यस्तै पार्टीको प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य मन बहादुर वादी बाँफिको गाउँपालीका अध्यक्ष चन्द्र बहादुर केसी नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका कोषाध्यक्ष तथा वडा नम्बर १ र २ कमान इन्चार्ज धनबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो वडा प्रशिक्षण कार्यक्रमको सञ्चालन पार्टीका वडा सचिब लालबहादुर के सी गर्नु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update