रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिका लागी सम्मान तथा सहायता कार्यक्रम अन्तर्गत वडाका ९५ जनालाई न्यानो कपडा र फाईवर सिरक बितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज २ नम्बर वडा कार्यालय नायगाडमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिहरुलाई फाईवर सिरक वितरण तथा स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष जीवन केसीले जानकारी दिनु भयो ।
वडाका १ सय १० जना जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्ति मध्ये आज ९५ जनालाई न्यानो कपडा तथा फाईवर सिरक वितरण गरिएको छ । प्रत्येक वर्ष चिसो समयमा वितरण गरिदै आएको न्यानो कपडा यस वर्ष पनी वितरण गरिएको छ सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित गरिएको २ लाख ५० रकम बाट न्यानो कपडा तथा फाईवर सिरक खरीद गरेको वडा अध्यक्ष के सीले जानकारी दिनु भयो ।
पुस महिना भित्रै वितरण गर्नु पर्ने न्यानो कपडा तथा फाईवर सिरक विविध कारणले वितरण गर्न ढिला भएको अध्यक्ष केसी को भनाई छ । बाँकी रहेकाहरुलाई १५ जना जेष्ठ नागरिक तथा अपाङ्ग हरुलाई भोली वितरण गर्ने कार्यक्रम रहेको बताईएको छ