Kakhara सबैको खबर सम्पूर्ण खबर
सुधिरको उपचारका लागि सहयोगको याचना

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलाका सुधिरकुमार खड्काको उपचारका लागि सहयोगको आह्वान गरिएको छ । सर्वोच्च अदालतमा कार्यरत नायब सुब्बा खड्काको कलेजो र मृगौलामा समस्या आएपछि विगत एक महिना देखि ललितपुरको अल्का अस्पतालको आईसियूमा उपचार भइरहेको छ । 

उपचारका लागि ठूलो रकम आवश्यक भएपछि सहयोगको आह्वान गरिएको हो । अहिले सामाजिक सञ्जाल मार्फत खड्काका शुभचिन्तकहरुले सहयोगकको याचना गरिरहेका छन् । र सहयोग समेत जुट्न सुरु भएको छ । आफन्त, शुभचिन्तक लगायतले सहयोग गरिरहेका छन् । 

उपचार  विधि महँगो भएको हुँदा आगामी उपाचारमा लाग्ने खर्च  पारिवारिक आर्थिक श्रोतबाट सम्भब नभएको हुदा उहाँको जिवनरक्षाका लागि इष्टमित्र, साथीभाई, दिदी बहिनी लगाएत सबै सामु अपिल गरिएको र सहयोग समेत जुट्न सुरु भएको सहयोगका लागि अपिल गरिरहनुभएका मध्ये एक टिकाराम बिष्टले बताउनुभयो । 
सकेको सहयोग गरेर उहाँको जीवन रक्षा गरिदिन सबैसामु अपिल गरिएको छ । सहयोगका लागि इच्छुकले बिरामी सुधिरकुमार खडकाको एन.एम.बी. बैंक काठमाडौं शाखामा रहेको खाता नम्बर ००१००४८६५४९०००११ मा सहयोग रकम जम्मा गर्न सक्ने बिष्टले बताउनुभयो । 

साथै थप जानकारी र सहयोगका लागि ९८४७८५२१६४, ९८५१२१८१८७, ९८४७७७७४८४ र ९८६६६०८६८९ नम्बरमा सम्पर्क गर्न सकिने छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update