रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा नेपाल रेडक्रस सोसाईटी पोखरा उप–शाखाको साधारण सभा सम्पन्न भएको छ । आज पोखरामा भएको साधारण सभाले उप–शाखाको नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा उप–शाखाको सभापतिमा गोपिराम खड्का, सचिवमा कमानसिङ खत्री र कोषाध्यक्षमा डिलबहादुर केसी चयन हुनुभएको छ । कार्यसमिति ११ सदस्यीय रहेको उप–शाखा कार्यसमिति सदस्य तथा कार्यालय सचिव रामचन्द्र केसीले जानकारी दिनुभयो ।
त्यस्तै उप–शाखाको कार्यालय पनि स्थापना गरिएको छ । पोखरा गाविसको पुरानो भवनमा रेडक्रस पोखरा उप–शाखाको कार्यालय स्थापना गरिएको कार्यालय सचिव केसीले बताउनुभयाे । उहाँका अनुसार जिल्लामा रहेका ३ वटा उप शाखा मध्य पोखरामा नयाँ कार्यसमिति निर्माण गरिनुका साथै कार्यालय स्थापना गरिएको हो ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ रिबाङचौर, भुमे गाउँपालिका वडा नम्बर ९ चुनबाङ र सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा गरी तीन ठाउँमा उप–शाखा रहेका छन् ।