चुलोको नजिकै सुताईएका १९ दिने शिशुको जलेर मृत्यु
आगो निभाउदा आमाका हात जले ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा १९ दिने शिशुको जलेर मृत्यु भएको छ । वडा नम्बर ६ शान्तिबजारका रिमबहादुर रोकाका १९ दिनका शिशु सुनिलको आज बिहान पौने ११ बजेतिर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चुलोको नजिकै सुताईएका शिशु कपडामा आगो सल्किएर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । सुनिललाई चुलोको छेउ नजिकै सुताएर परिवारका अन्य सदस्य बाहिर गएको अवस्थामा कपडामा आगो सल्किएको पाईएको उहाँले बताउनुभयो ।
छोरालाई आगोमा जलिरहेको देखेपछि आगो निभाउने क्रममा आमा निर्मलाका दुवै हात जलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १८:०१
प्रतिक्रिया दिनुहोस्